इन्टरनेटबाट कन्ट्रोल गर्न मिल्ने ‘रेफ्रिजेरेटर र एसी’ सीजीले ल्यायो बजारमा !

काठमाडौं । सीजीले ‘सीजी मेरिडिया सिग्नेचर सिरिज’ अन्तर्गत इन्टरनेटको माध्यमबाट कन्ट्रोल गर्न सकिने रेफ्रिजेरेटर र एसी बजाएमा ल्याएको छ । यी उपकरणहरू इन्टरनेटसँग जोडेपछि जहाँबाट पनि चलाउन सकिने कम्पनीले बताएको छ ।
परिस्कृत र उन्नत प्रविधिको उत्पादनहरू नेपाली बजारलाई उपलब्ध गराएर लोकप्रियता बटुल्दै आइरहेको सीजीले यस पटक आइओट (ईन्टरनेट अफ थिङ्ग्स) सुविधासहितको प्रिमियम मल्टी डोर तथा साइड बाइ साइड रेफ्रिजेरेटर र एसी बजारमा ल्याएको हो ।
यी आइओटी प्रोडक्टहरुलाई सीजी स्मार्ट होम एपको मार्फत सजिलै चलाउन सकिने सीजीले बताएको छ । उक्त एपमा प्रोडक्टहरु एक अर्कासँग इको स्टिमको तरिकाले जोडिएका हुन्छन् । आइओटी सुविधाको साथ अब ग्राहकले आफ्नो घर/कोठा घरबाहिर भएको बेला पनि चाहिएको अनुसार कोठाको तापक्रममा कोठालाई मिलाउन सक्छन् त्यस्तै रेफ्रिजेरेटरलाई पनि कन्ट्रोल गर्न सकिने कम्पनीले बताएको छ । कम्पनीले रेफ्रिजेरेटरमा १० बर्षको वारेन्टी र एसीमा ५ बर्षको वारेन्टी दिएको छ ।
यी उपकरणहरूको साथ ग्राहकहरूको जीवन अब अझ सुविधायुक्त, सहज, स्मार्ट र प्रभावकारी हुने कम्पनीले जनाएको छ । यसका अतिरिक्त, आइओटी सुविधायुक्त ‘सि.जी. मेरिडिया सिग्नेचर सिरिज’का अन्य उपकरणहरू पनि चाँडै नै बजारमा ल्याउने योजना रहेको कम्पनीले जनाएको छ ।








प्रतिक्रिया