मुक्तिनाथ विकास बैंक र स्मार्टच्वाइस टेक्नोलोजिजबीच सम्झौता

काठमाडौं । मुक्तिनाथ विकास बैंक र नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिपत्रप्राप्त स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) बीच स्मार्ट क्यूआरमार्फत भुक्तानी सेवा प्रदान गर्न सम्झौता भएको छ ।
एक कार्यक्रममा बैंकका तर्फबाट, सहायक नायब प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गुरुङ र स्मार्टच्वाइसका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणप्रकाश भुजूले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौताको उद्देश्य भुक्तानी प्रणालीमा नगदको भौतिक प्रयोगलाई कम गर्दै विद्युतीय कारोबारलाई बढावा दिने हो । तसर्थ सम्झौतापछि स्मार्ट च्वाइस र बैंकबीच स्मार्ट क्यूआरप्रयोगको क्षेत्रमा सहकार्य हुनेछ ।
साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्टमा आबद्ध अन्य जुनसुकै बैंकको एटीएमबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।
त्यसै प्रिपेड डलर कार्ड, मोबाइल बैंकिङ, क्यूआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङ (बचत सेवाका लागिः ९८०१११००२२, कर्जा सेवाका लागि– ९८०१११००२३) आदि जस्ता सेवा बैंकको शाखामा भौतिक रूपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।








प्रतिक्रिया