ब्रिटिस काउन्सिलको आईएलटीएसको शूल्क अब ई-सेवाबाटै

काठमाडौं । ब्रिटिस काउन्सिलद्वारा सञ्चालित आईएलटीएस परिक्षा शूल्कको भुक्तानी इसेवाबाट गर्न सकिने भएको छ । हालै इसेवा र ब्रिटिस काउन्सिलकबीच भएको अनलाइन भुक्तानी सम्झौता बमोजिम ब्रिटिस काउन्सिलले लिने आईएलटीएस परीक्षाको शूल्क अबदेखि ई-सेवामार्फत भुक्तानी गर्न सकिने भएको हो ।
अबदेखि आईएलटीएस परीक्षा दिने परीक्षार्थीले आफ्नो ई-सेवा खाताबाट सिधै रकम भुक्तानी गर्न सक्नेछन् । साथै नजिकै रहेका इसेवाको ऐजेन्ट नेटवर्कमार्फत समेत उक्त शूल्क भुक्तानी गर्न सकिनेछ । उक्त विद्युतिय भुक्तानी प्रबिधिले विद्यार्थीहरुलाई सहजता पुग्ने अपेक्षा गरिएको छ । ई-सेवाले हाल ५७ लाखभन्दा बढि ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।
ई-सेवाले नेपालका सुविधा सम्पन्न क्षेत्रदेखि दुर्गम विकट वस्तीहरुमा हुने आर्थिक कारोबारलाई डिजिटल माध्यममार्फत सुरक्षित, भरपर्दो र छिटो छरितो सेवा सुविधा प्रधान गर्दै आफूलाई विश्वनिय विद्युतिय भुक्तानी प्ररादायक संस्थाको रुपमा स्थापित गर्न सफल भएको छ ।
ई-सेवाबाट इन्स्योरेन्स्को प्रिमियम भुक्तानी, इन्टरनेट भुक्तानी, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, मोबाइल, टेलिफोन रिचार्ज तथा टपअप, हवाइजहाज टिकट, बसको टिकट, स्कुल कलेजको शूल्क लगायतका सेवाहरूको शूल्क भुक्तानी गर्न सकिन्छ । उक्त भुक्तानीमा आकर्षक क्यास ब्याक समेत प्रदान गर्दै आएको छ ।
ई–सेवामा हाल ५२ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।








प्रतिक्रिया