शुक्रबार, पुष ४, २०८२

देशका पहाडी भू-भागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

नेपालखोज २०७९ असार ३१ गते ६:०९

काठमाडौं । हाल देशभर मनसुनी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशभर आंशिकदेखि सामान्यता बदली रहेको विभागले उल्लेख गरेको छ ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्यता बदली रहनेछ भने देशका पहाडी भू-भागका केही स्थानहरुमा र बाँकी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

आज राति देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्यता बदली रही बाँकी भू-भागमा आंशिकदेखि मौसम सामान्यता सफा रहनेछ भने प्रदेश १, मधेश प्रदेश र वाग्मती प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशका एक/दुई स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

प्रतिक्रिया