शनिबार, वैशाख २७, २०८२

बैंकिङ कसुर मुद्दाकी फरार वन्दना उप्रेती पक्राउ

नेपालखोज २०७९ असार ३१ गते १३:५०

काठमाडौं । बैंकिङ कसुर मद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका ३२, डिल्लीबजार बस्ने चितवन भरतपुर महानगरपालिका ५ की ४२ वर्षीया jन्दना उप्रेतीलाई प्रहरीले पक्राउ गरेको छ ।

उच्च अदालत पाटनको २०७९ असार ५ गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा ३० दिन कैद र १ करोड ५९ लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेकी उनलाई केन्द्रीय अनुसन्धान ब्युरो महाराजगन्जबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका ४, चण्डोलबाट बिहीबार पक्राउ गरेको हो ।

उप्रेतीले प्राइम कमर्सियल वैंक लिमिटेड बागबजार शाखामा उनकै नाममा रहेको बैंक खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानीजानी पीडितलाई झुक्यानमा पारी रकम भुक्तान हुने भनी २०७५ फागुन ५ गते दिएको चेकको रकम भुक्तान हुन नसकेको घटनामा अदालतले उक्त फैसला गरेको थियो । उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत ललितपुरमा पेस गरिएको छ ।

प्रतिक्रिया