जिप्रका काभ्रेमा राष्ट्रिय वाणिज्य बैंकको एक्सटेन्सन काउन्टर

काठमाडौं । काभ्रेको धुलिखेल नगरपालिकामा रहेको जिल्ला प्रशासन कार्यालयमा राष्ट्रिय वाणिज्य बैक लिमिटेडको ५१औं एक्सटेन्सन काउन्टर तथा राजस्व संकलन केन्द्र स्थापना गरिएको छ । काउन्टरको उद्घाटन जिल्ला प्रशासन कार्यालय काभ्रेकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले गरेकी हुन् ।
शाखा कार्यालय धुलिखेलमार्फत रहने काउन्टरबाट विभिन्न सरकारी कार्यालयबाट लिइने राजस्व, धरौटी, सेवा शुल्क, दस्तुर, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोषलगायतको रकम जम्मा गर्न सकिनेछ । बैंकका उपकार्यकारी अधिकृत सरस्वती अधिकारीको सभापतित्वमा भएको कार्यक्रम उप–प्रबन्धक जितेन्द्रसिंह थापाले सञ्चालन गरेका थिए ।
सो अवसरमा काभ्रेका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार, सुरक्षा निकायमा प्रमुख, बैंकका विभागीय प्रमुख दुर्गाकुमारी कँडेल, वाग्मती प्रादेशिक प्रबन्धक धु्रवप्रसाद अर्याल, शाखा कार्यालय धुलिखेलका शाखा प्रबन्धक ईश्वरी ढुंगेल, बनेपाका शाखा प्रबन्धक जगन्नाथ अधिकारी, कर्मचारी, सञ्चारकर्मीलगायतको उपस्थिति थियो ।
बैंकको हाल ७ प्रदेश, ७७ जिल्लामा २५८ शाखा कार्यालय, ५१ एक्सटेन्सन काउन्टर, २६८ एटीएम र १०२ शाखारहित बैंकिङ सेवा रहेको छ ।









प्रतिक्रिया