शुक्रबार, पुष ४, २०८२

पहाडी भू-भागमा चट्याङसहित वर्षाको सम्भावना

नेपालखोज २०७९ असार ३२ गते ६:२२

काठमाडौं । हाल देशभर मनसुनी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले प्रदेश १, गण्डकी प्रदेश, वाग्मती प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका आंशिकदेखि सामान्यता बदली रही ति प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको तथा बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको विभागले जनाएको छ ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्यता बदली रहनेछ भने देशभरका पहाडी भू-भागका केही स्थानहरुमा र बाँकी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

त्यस्तै आज राति देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिकदेखि मौसम सामान्यता सफा रहनेछ भने प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका थोरै र अन्य प्रदेशका एक-दुई स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

प्रतिक्रिया