शनिबार, पुष ५, २०८२

जडीबुटी बिमा आजदेखि लागु 

नेपालखोज २०७९ साउन १ गते ७:०७

काठमाडौं । जडीबुटी बिमा आजदेखि लागु हुने भएको छ । साउनदेखि लागु हुनेगरी बिमा समितिले कृषि, पशुपक्षी तथा जडीबुटी बिमा निर्देशिका, २०७९ जारी गरेको थियो । 

यसअघि जारी भएको बिमा निर्देशिका २०७७ भने खारेजी भएको बिमा समितिले जनाएको छ ।  नेपाल सरकारले आर्थिक वर्ष २०७९/८० को बजेटमा जडीबुटी खेतीको बिमा गर्ने व्यवस्था गरिने उल्लेख गरेअनुसार समितिले जडीबुटीलाई समेत समावेश गरी सो निर्देशिका जारी गरेको हो । 
   
निर्देशिकामा बिमा कम्पनीले आफूलाई तोकिएको जिल्लामा कृषि, पशुपक्षी तथा जडीबुटीको बिमा व्यवसाय गर्नुपर्ने, जिल्लास्थित कृषि ज्ञानकेन्द्र वा कृषि तथा पशुसेवा कार्यालय नजिकको स्थानमा बिमकले शाखा कार्यालय खोल्नुपर्ने उल्लेख छ । 

बिमक आफैंले तयार गरी समितिको स्वीकृतिमा जारी गरेको बिमा लेखको हकमा तथा अनुदान प्राप्त नहुने बिमा लेखको हकमा छोटो अवधिका लागि बिमा लेख जारी गर्न सक्ने र कृषि, पशुपक्षी तथा जडीबुटी बिमा सामूहिकरुपमा गर्न सकिने व्यवस्था रहेको छ । 

प्रतिक्रिया