पाँचदेखि १२ वर्षमुनिका बालबालिकालाई कोरोनाविरुद्धको दोस्रो मात्रा आजबाट
२७ जिल्लाका बालबालिकालाई खोप दिइने

काठमाडौं । पाँचदेखि १२ वर्ष मुनिका २७ जिल्लाका बालबालिकालाई कोरोनाविरुद्धको दोस्रो मात्रा आजबाट खोप दिइने भएको छ । असार ९ देखि १५ गतेसम्म पहिलो मात्रा फाइजर खोप लगाएका पाँचदेखि ११ वर्षका बालबालिकालाई दोस्रो मात्रा खोप दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले जनाएकाे छ ।
आजबाट साउन ८ गतेसम्म नजिकैको विद्यालयमा रहेको खोप केन्द्रबाट खोप लगाउन सकिने तथा दोस्रो मात्रा खोप लगाउन जाँदा खोप कार्ड अनिवार्य लैजानुपर्ने मन्त्रालयले जनाएकाे छ ।
आजबाट प्रदेश १ का झापा, इलाम, मोरङ र सुनसरी, मधेश प्रदेशका सप्तरी, धनुषा, पर्सा, सिराहा र महोत्तरी, वाग्मती प्रदेशका काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, चितवन, सिन्धुली र मकवानपुर जिल्लामा दोस्रो मात्रा खोप दिइने मन्त्रालयले जनाएकाे छ ।
त्यस्तै, गण्डकी प्रदेशका कास्की र नवलपुर, लुम्बिनीका नवलपरासी पश्चिम, रुपन्देही, बाँके, दाङ र बर्दिया, कर्णालीको सुर्खेत र सुदूरपश्चिम प्रदेशका कैलाली कञ्चनपुर र डडेल्धुरामा खोप अभियान चलाइने मन्त्रालयले उल्लेख गरेकाे छ ।
प्रतिक्रिया