तीनदिने भारत भ्रमण सकेर अध्यक्ष प्रचण्ड स्वदेश फर्किए
नेपालखोज
२०७९ साउन १ गते १९:४०

काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तीनदिने भारत भ्रमण गरी आइतबार साँझ स्वदेश फर्किएका छन् । स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले भारत भ्रमण सफल रहेको बताएका छन् ।
उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता हुने भनिए पनि अन्तिम समयमा आएर हुन नसकेको प्रतिक्रिया दिए । प्रचण्डको भारत भ्रमण कार्यक्रममा मोदीसँग भेट गर्ने तालिका पनि समाले थियाे । यद्यपि अन्तिम समयमा उनले मोदीसँग भेट नगरी स्वदेश फर्किएका हुन् ।
सम्बन्धित








प्रतिक्रिया