कांग्रेसले साउन मसान्तभित्र भ्रातृ संस्थालाई पूर्णता दिने
नेपालखोज
२०७९ साउन २ गते १७:२७

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले आफ्ना भ्रातृ संस्थाको केन्द्रीय समितिलाई साउन मसान्तभित्र पूर्णता दिने निर्णय गरेको छ ।
कांग्रेसका १० भ्रातृ संस्थाको केन्द्रीय समिति अवधि पुगेर भंग भएका छन् । नेविसंघ, तरुण दल, किसान संघ र आदिवासी जनजाति संघमा मात्र सभापति शेरबहादुर देउवाले अध्यक्ष तोकेका छन् । अरुले नेतृत्व भने पाएका छैनन् ।
नेपाल प्रेस युनियनको भने ९ वर्षपछि यही साउन ६ र ७ गते हेटौंडामा महाधिवेशन तोकिएको छ ।
सम्बन्धित








प्रतिक्रिया