शनिबार, पुष ५, २०८२

हुन्डाईको टेस्ट ड्राइभ गरी फिफा विश्वकप-२०२२ लाइभ हेर्ने मौका

नेपालखोज २०७९ साउन ३ गते १३:४०

काठमाडौंं । फुटबल विश्वकप–२०२२ लाई मध्यनजर गर्दै हुन्डाईले आफ्नो ‘गोल अफ द सेन्चुरी’ अभियानअन्तर्गत नयाँ अफर ल्याएको छ । अफरअन्तर्गत ग्राहकले हुन्डाईको नेपालभरका कुनै पनि सोरुममा कुनै पनि कार टेस्ट–ड्राइभ गरी फिफा विश्वकप–२०२२ प्रत्यक्ष हेर्न जाने मौका पाउनेछन् ।

साउन ३ बाट सुरु हुने अफरमा नेपालभरका कुनै पनि व्यक्तिले आफ्नो ड्राइभिङ लाइसेन्स लिएर आधिकारिक हुन्डाई सोरुममा रजिस्टर गरी सहभागी हुन सक्नेछन् । यो अफरको अन्त्यमा लक्की ड्रमार्फत दुईजना भाग्यशाली विजेताको छनोट गरिनेछ । प्रत्येक विजेताले उपहार स्वरूप आफूलाई मनपर्ने एकजना अर्को व्यक्तिसँग कतार गई विश्वकप लाइभ हेर्न पाउनेछन् । यसरी जम्माजम्मी चारजना हुन्डाईको प्रायोजनमा कतार जान पाउनेछन् ।

हुन्डाई मोटर्सको हस्पिटालिटी प्रोग्राममार्फत ल्याइएको यो अफर नेपालका लागि हुन्डाईको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले संयोजन गरेको छ । अफरमार्फत कम्पनीले ‘गोल अफ द सेन्चुरी’ अभियानअन्तर्गत पर्यावरण दिगोपनका लागि हुन्डाईले गरेको प्रयासमा सबैलाई जोड्ने लक्ष्य राखेको छ । साथै फुटबलको विश्वव्यापी आकर्षणका कारण फुटबलमार्फत पर्यावरणमैत्री व्यवहार अवलम्बन गर्न प्रोत्साहन गर्ने हेतुले पनि यो अफर ल्याइएको हो ।

लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपालभरका १७ डिलर र १९ सर्भिस सेन्टरमार्फत सेवा दिइरहेको छ ।

प्रतिक्रिया