४ नेताले छाडे राप्रपा, भन्छन्- पार्टीभित्र अपमानित र निरिह भइयो
नेपालखोज
२०७९ साउन ३ गते १७:३४

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का चार नेताले पार्टी परित्याग गरेका छन् । नेताहरू दिलनाथ गिरी, श्याम तिमल्सिना, केशवराज श्रेष्ठ र दिलविकास राजभण्डारीले पार्टीमा अपमानित र निरीह भएर बस्न नसक्ने भन्दै साधारण सदस्यसमेत नरहने गरी मंगलबार अलग भएको घोषणा गरेका हुन् ।
‘राप्रपाभित्र आन्तरिक प्रजातन्त्रको चिरहरण भएको अवस्थामा, सर्वसत्तावाद र अहंकार मौलाएको, विधि विधानको धज्जी उडिरहेको अवस्थामा अपमानित र निरीह भएर पार्टीभित्र बस्न सक्ने अवस्था नभएका कारण आजैका मितिदेखि हामी साधारण सदस्य समेत नरहने गरी पार्टीबाट अलग भएका छौं,’ चारै नेताद्वारा जारी संयुक्त विज्ञप्तिमा भनिएको छ ।
पार्टीमा उनीहरूलाई केही दिनअघि स्पष्टीकरण सोधिएको थियो ।

सम्बन्धित








प्रतिक्रिया