रिद्धिसिद्धि सिमेन्टको एक वर्षको व्यापार झन्डै साढे ६ अर्ब !

काठमाडौं । शंकर र अम्बे समूहको संयुक्त लगानीमा सञ्चालित कम्पनी रिद्धिसिद्धि सिमेन्टले २०२१ मा ६ अर्ब ३७ करोड रुपैयाँको व्यापार गरेको छ ।
यसअघि महँगोमा चुनढुंगा किनेर उद्योग सञ्चालन गरिरहेको कम्पनीले आफ्नै खानीबाट चुनढुंगा उत्खनन थालेपछि अपरेटिङ मार्जिनमा सुधार आएको हो । जम्मा ९ वटा खानी रहेको कम्पनीले अहिले भने दुईवटा खानी मात्र सञ्चालन गरिरहेको छ ।
कम्पनीले २०२१ मा दुईवटा युनिटबाट सिमेन्ट उत्पादन गरेको छ । क्लिंकरका साथै सिमेन्टको बिक्री र ब्रान्ड भ्यालुका कारण व्यापार बढेको कम्पनीको दाबी छ । २०२० मा भने कम्पनीले एक अर्ब ७९ करोड ३० लाख रुपैयाँको कारोबार गरेको थियो ।
रिद्धिसिद्धिले सिमेन्ट र क्लिंकर उत्पादन तथा बिक्री गर्दै आएको छ। उद्योगसँग दैनिक २७६० टन क्लिंकर र ग्राइन्डिङ युनिटको क्षमता छ। ओपीसी र पीपीसी कम्पनीले रिद्धिसिद्धि र मकवानपुर सिमेन्ट ब्रान्डमा बिक्री गरिरहेको छ।








प्रतिक्रिया