उत्तरी चीनको तियानजिनमा ग्यास विस्फोट हुँदा ११ जना घाइते, ३ बेपत्ता
नेपालखोज
२०७९ साउन ३ गते १८:५१

चीन । उत्तरी चीनको तियान्जिनमा रहेको अपार्टमेन्ट भवनमा भएको ग्यास विस्फोटमा परि मंगलबार ११ जना घाइते भएका छन् भने तीन जना बेपत्ता भएका छन् ।
बेचेन जिल्लास्थित उक्त भवनमा बिहान ७:१५ बजे भएको उक्त विस्फोटबाट भवनमा क्षति पुगेको छ । जिल्ला सरकारको प्रचार विभागका अनुसार पीडितहरूको शरीरमा चोट लागेको छ यद्यपि तिनीहरू खतरामुक्त भएको बताइएको छ । अहिले उद्धार कार्य भइरहेको छ ।
सम्बन्धित
प्रतिक्रिया