नेपाली कांग्रेसको प्रमुख सचेतकमा यादव र सचेतकमा विश्वकर्मा
नेपालखोज
२०७९ साउन ४ गते १४:२६

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा संसदीय दलको प्रमुख सचेतकमा चित्रलेखा यादव र सचेतकमा मीनबहादुर विश्वकर्मालाई नियुक्त गरेको छ ।
यसअघि प्रमुख सचेतक रहेका बालकृष्ण खाँण गृहमन्त्री छन् । सचेतक रहेकी पुष्पा भुसाल पनि उपसभामुख निर्वाचित भएपछि दुवै पद रिक्त थियो । रिक्त पदमा पार्टी सभापति शेरबहादुर देउवाले आज (बुधबार) यादव र विश्वकर्मालाई नियुक्ति गरेका हुन् ।
सम्बन्धित








प्रतिक्रिया