शनिबार, पुष ५, २०८२

झापामा आगलागी हुँदा २० लाख २५ हजारको क्षति

नेपालखोज २०७९ साउन ४ गते १५:३९

झापा । झापाको गाउँपालिका–५ स्थित सिमलडाँगीमा आज बिहान आगलागी हुँदा २० लाख २५ हजार रुपैयाँँ बराबरको क्षति भएको छ । झापा–५ सिमलडाँगीका अब्दुल करिम अलीको घरमा विद्युत् चुहावट भई आगलागी हुँदा अलीसहित छ जनाको घर जल्दा उक्त मूल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए ।

आगलागीबाट अलीको टिनको छाना, बाँसको टाटिबेराले बनेको एकतले घर र घरभित्र रहेको लत्ताकपडा, अन्नपात, भाँडावर्तन जलेर नष्ट हुँदा तीन लाख रुपैयाँ बराबरको क्षति भएको छ । त्यस्तै आगलागीबाट अबदुल जुलास अलीको टिनको छाना, बाँसको टाटिबेराले बनेको एकतले घर र घरभित्र सबै सामान जल्दा तीन लाख रुपैयाँ, अमोर अलीको टिनको छाना, बाँसको टाटिबेराले बनेको एकतले घर र घरभित्र रहेको लत्ताकपडा, अन्नपात, भाँडावर्तन जलेर दुई लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको छ ।

त्यस्तै अनावर अलीको टिनको छाना, बाँसको टाटिबेराले बनेको एकतले घर र घरभित्र रहेको लत्ताकपडा, अन्नपात, भाँडावर्तन जल्दा तीन लाख ५० हजार रुपैयाँ, इस्माइल अलीको टिनको छाना, बाँसको टाटिबेराले बनेको एकतले घर र घरभित्र रहेको लत्ताकपडा, अन्नपात, भाँडावर्तन जल्दा तीन लाख ७५ हजार रुपैयाँ र समित अलीको टिनको छाना, बाँसको टाटिबेराले बनेको एकतले घर तथा घरभित्र रहेको लत्ताकपडा, अन्नपात, भाँडावर्तन जल्दा चार लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया