स्याङ्जामा पोखरीमा डुबेर बाबु–छोरीको मृत्यु
नेपालखोज
२०७९ साउन ५ गते ७:१९

स्याङ्जा । स्याङ्जाको गल्याङ–६ पेलाकोटमा पोखरीमा डुबेर दुई जनाको मृत्यु भएको छ । बुधबार साँझ पेलाकोटस्थित सिँचाइका लागि बनाइएको पोखरीमा डुबेर गल्याङ–६ का ३३ वर्षीय बिन्द्र गुरुङ र उनकी चार वर्षीया छोरी सोफियाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रवीन्द्र खनालका अनुसार सोफिया पोखरीमा डुबेको देखेपछि उनको उद्धार गर्ने क्रममा बुबा बिन्द्र पनि डुबेका थिए ।
तत्काल उद्धार गरी वालिङस्थित गह्राैं प्राथमिक अस्पतालमा पु¥याइएकामा चिकित्सकले दुवै जनालाई मृत घोषणा गरेको थियो । रासस
सम्बन्धित








प्रतिक्रिया