अमेरिकी एक डलरको खरिददर १२७ रुपैयाँ ६९ पैसा, बिक्रीदर १२८ रुपैयाँ २९ पैसा

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । नेपाल राष्ट्र बैंककाअनुसार विदेशी मुद्राको विनिमयदर अमेरिकी एक डलरको खरिददर १२७ रुपैयाँ ६९ पैसा र बिक्रीदर १२८ रुपैयाँ २९ पैसा रहेको छ । त्यस्तै, युरो एकको खरिददर १३० रुपैयाँ १४ पैसा र बिक्रीदर १३० रुपैयाँ ७५ पैसा रहेको बैंकले जनाएको छ ।
त्यस्तै, बेलायती पाउन्ड एकको खरिददर १५३ रुपैयाँ शून्य पैसा र बिक्रीदर १५३ रुपैयाँ ७२ पैसा रहेको छ भने, कतारी रियालको मूल्य एकको खरिददर ३५ रुपैयाँ ०७ पैसा र बिक्रीदर ३५ रुपैयाँ २३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
त्यसैगरी, जापानी यान १० को खरिददर ९ रूपैयाँ २४ पैसा रहेको छ भने बिक्रीदर ९ रूपैयाँ २८ पैसा रहेको छ । यसैगरी साउदी रियाल एकको खरिददर ३३ रूपैयाँ ९९ पैसा रहेको छ भने, बिक्रीदर ३४ रूपैयाँ १५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
हेर्नुहाेस् विदेशी मुद्राको विनिमयदर









प्रतिक्रिया