बुधबार, असार १८, २०८२

४३५ जनामा कोरोना, २ हजार ५३७ सक्रिय संक्रमित

नेपालखोज २०७९ साउन ५ गते १६:४९

काठमाडौं । नेपालमा गत चौबीस घण्टामा जम्मा ४३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरबाट १ हजार ६६७ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ३१७ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै १ हजार ९०२ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ११८ जनामा कोरोना संक्रमण देखिएको छ । नेपालमा हाल २ हजार ५३७ जना सक्रिय संक्रमित छन् ।

त्यस्तै, गत चौबीस घण्टामा थप ५६ जना कोरोना भाइरस संक्रमण मुक्त भई डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त भई डिस्चार्ज हुनेको संख्या ९ लाख ६८ हजार २२७ जना पुगेको मन्त्रालयले जनाएको छ । नेपालमा संक्रमण मुक्त हुनेदर ९८ दशमलव ५ प्रतिशत छ ।

प्रतिक्रिया