शनिबार, पुष ५, २०८२

होल्डिङ कम्पनी साथी पार्टनर्स लिमिटेड औपचारिकरुपमा सुरु

नेपालखोज २०७९ साउन ५ गते २१:४४

काठमाडौं । होल्डिङ कम्पनी साथी पार्टनर्स लिमिटेड औपचारिक रूपमा सुरु भएको छ । साथी पार्टनर्स लिमिटेड पब्लिक भेन्चर कम्पनी साथीमार्टको टिम मार्फत केही विषेश तथा ठूला योजनासहित यसै महिनादेखि औपचारिक रुपमा सुरु भएको घोषणा गरिएको छ ।

यो कम्पनी अन्र्तगत साथीमार्ट, साथी प्रोडक्सन, इलेक्ट्रेनिक्स, उत्पादन, कृषी, कपडा ब्राण्ड, म.म फुड तथा फ्रोजन, कस्मेटिक, टेक्नोलोजी लगायत सात भन्दा बढी कम्पनीमा लगानी गरी देशकै उत्कृष्ट ग्रुप अफ कम्पनी बनाउने लक्ष्य रहेको बताइएको छ ।

यस कम्पनीको स्थापनाले साथीमार्टको उत्पादन देखि रिटेलसम्मका क्षेत्रमा काम गरी लोकल उत्पादकलाई राष्ट्रिय र अन्तराष्ट्रिय बजारसम्म पुग्ने उद्देश्यमा ठूलो सहयोग गर्ने कम्पनीले जनाएको छ । यस कम्पनीको संस्थापक अध्यक्ष, साथीमार्टका सिईओ तथा सफल युवा व्यवसायी सागर पोखरेल रहेका छन भने पाँच जनाको अनुभवी संचालक समिति रहेको बताइएको छ ।

सातवटा भन्दा बढी सफल तथा भविष्यमुखी कम्पनीमा लगानी गरी उत्पादन देखि रिटेल र टेक्नोलोजी देखि अनलाइन सपिङ र कृषि क्षेत्रका राम्रा व्यवसायिक योजनामा काम गर्ने यस पब्लिक कम्पनीको अधिकृत पुँजी ५० करोड र चुक्ता पुँजी हाललाई पाँच करोड ७३ लाख रहेको कम्पनीले जनाएको छ ।

साथै यस आर्थिक वर्षमा १५ करोड ७३ लाख चुक्ता पुँजी पु¥याउने उद्देश्य सहित १० लाख कित्ता संस्थापक शेयर आन्तरिक बिक्री मार्फत व्यवसायिक सोचका व्यक्तित्वहरू कम्पनीमा जोड्ने लक्ष्य राखिएको छ ।

२०८०÷८१ भित्र कम्पनीको कुल चुक्ता पुँजी एक अर्ब ५० करोड पु¥याई आईपीओमा समेत जाने लक्ष्य रहेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया