यी नदीमा बाढीको खतरा, सतर्कता अपनाउन विभागकाे आग्रह
नेपालखोज
२०७९ साउन ६ गते ९:२४

काठमाडाैं । बाढी पूर्वानुमान महाशाखाका अनुसार आज देशका १८ जिल्लामा बाढीको खतरा रहेको छ । आज दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काठमाडौं, ललितपुर, मकवानपुर, धादिङ, लमजुङ, रुकुम पश्चिम, जाजरकोट, दैलेख, कालिकोट, कैलाली, अछाम, डोटी, डडेलधुरा, बैतडी र दार्चुलामा बाढीको खतरा रहेको छ ।
वर्षाका कारण ती जिल्लामा बहने केही स–साना नदीहरूमा बहाव बढ्ने र केहीमा आकस्मिक बहावसमेत हुन सक्ने पूर्वानुमान महाशाखाले गरेको छ । बहाव बढ्ने जिल्लाको तटीय क्षेत्रमा रहने सर्वसाधारणलाई सतर्कता अपनाउन महाशाखाले भनेको छ ।
सम्बन्धित








प्रतिक्रिया