नेपाल क्रेडिट बैकको निक्षेपकर्ताले निक्षेप रकमको १० गुणासम्म रकम पाउने

कठमाडौं । नेपालको वित्तीय क्षेत्रमा विगत २५ वर्ष देखि बित्तीय कारोबार सञ्चालन गर्दे आएको एनसीसी बैंकले ‘एनसीसी प्रफुल्ल मुद्दती खाता’ संचालनमा ल्याएको छ । यस मुद्दती योजनामा निक्षेपकर्ताले निक्षेप रकमको १० गुणासम्म रकम पाउनेछन् ।
सीमित अवधिसम्म लागु हुने यो योजनामा व्यक्तिगत निक्षेपकर्ताले ६ वर्ष ४ महिना २५ दिन देखि २१ वर्ष ६ महिना २८ दिनसम्म र संस्थागत निक्षेपकर्ताले ७ वर्ष १ महिना १२ दिन देखि २४ वर्ष ११ महिना २ दिनसम्म मुद्दती खातामा रकम जम्मा गरे अनुसार दोब्बर देखि १० गुणासम्म निक्षेप रकम फिर्ता पाउनेछन् । साथै पहिलो वर्षको लागि पाँच लाख सम्मको दुर्घटना बीमा र दुई लाखसम्मको घातक रोग बीमा सुविधा समेत उपलब्ध छ ।
देशैभर शाखा सञ्जाल फैलिएको एनसीसी बैंकले ७ वटै प्रदेशमा गरी १५६ शाखा १५ एक्स्टेन्सन काउन्टर र १३३ एटिएम वुथहरु सञ्चालन गरीे ग्राहकहरुलाई स्तरीय सेवा प्रदान गर्दै आएको छ । एनसीसी बैंक २५ वर्ष देखि आम नागरिकका माझ विश्वासिलो बैंकिङ सेवा प्रवाह गर्नुका साथै सामाजिक कार्यहरुमा पनि सक्रीयरुपमा सहभागी हुँदै आएको छ ।








प्रतिक्रिया