शुक्रबार, वैशाख १२, २०८२

ठूला ऋणीले उपभोग गरिरहेको कर्जाको अनुगमनलाई थप प्रभावकारी बनाउने

नेपालखोज २०७९ साउन ६ गते २०:४९

काठमाडौं । नेपाल राष्ट्र बैंकले ठुला कर्जावाला ग्राहकहरुलाई कडाई गर्ने भएको छ । चालु आर्थिक बर्षको मौद्रिक नीति मार्फत राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट ठूला कर्जा उपभोग गर्दै आएका ऋणीहरुको पहिचान गर्न ठोस नीति ल्याउने उद्घोष गरेको छ ।

यसका अतिरिक्त ठूला ऋणीहरुले बैंकिङ प्रणालीबाट उपभोग गरिरहेको कर्जाको अनुगमनलाई थप प्रभावकारी बनाउने ल्याईन्छ, चालु आवको मौद्रिक नीति सार्वजनिक गर्दे गर्भनर महाप्रसाद अधिकारीले भने ।

गर्भनर अधिकारीले बाणिज्य बैंक र लघुवित्त वित्तीय संस्थाहरु एक आपसमा आफ्नै वर्गभित्र गाभिई वा प्राप्तिमा गई २०७९ पुस मसान्तभित्र एकीकृत कारोबार सञ्चालन गरेमा मात्र राष्ट्र बैंकबाट प्रदान हुँदै आएको मर्जर तथा प्राप्तिस म्बन्धी छुट तथा सुविधा प्राप्त गर्न सक्ने नीति ल्याउने पनि जानकारी दिएका छन् ।

बैंक तथा वित्तीय संस्थाले जारी गरेको ऋणपत्रलाई कर्जा–निक्षेप अनुपात प्रयोजनका लागि स्रोतको रुपमा गणना गरिरहेकोमा त्यस्तो गणना गर्न सकिने अवधि २०८० असार मसान्तसम्म रहने व्यवस्था मिलाउने पनि मौद्रिक नीतिमा उल्लेख छ ।

प्रतिक्रिया