‘दल परिवर्तन गर्दै आफ्नो प्रतिबद्धताबाट आँफै परिवर्तन हुनेसँग के आश गर्ने ?’

काठमाडाैं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले भरखरै खुल्दै गरेका पार्टीले विकलपकाे नाउँमा केही गर्न नसक्ने बताएका छन् ।राजधानीमा आयाेजित एक कार्यक्रम बाेल्दै नेता सिंहले परिवर्तनका लागि यतिकाे याेगदान दिएका कांग्रेस एमाले जस्तो पार्टीहरुलाई त काम गर्ने मुस्किल परिरहेकाे अवस्था नयाँ दल खाेल्दैमा तीनले केही गर्न नसक्ने बताएका हुन् ।
हिजाे के के न गर्छु भनेर काठमाडौंमा चुनाव लड्न आएका नेताले समाझर देश परिवर्तन गरे कि आफू परिवर्तन भए त्याे कुरा अब पनि भनिरहनु नपर्ने भन्दै चुनाव लड्नु मात्रै पार्टिी खाेल्नेहरु र मुलुका नागरिकको अधिकारकाे लागि बलिदान दिएका हन्डर-ठकर खाएर खारिएर आएका जेल गएका पार्टी र नेताहरुका बारेमा हल्का रुपमा तुलना गर्न नहुनेसमेत बताएका छन् ।
अहिले नयाँका नाउँमा जुन अनावश्यक भ्रम फिजाइन खाेजदैछ त्यसले मुलमा लाेकतनत्र ल्याउन र नागरिकलाई अधिकार सम्पन्न बनाउन दलहरुले खेलेकाे भूमिकालाई ओजेलमा पार्न खाेज्नु मुलुकै लागि दुखद हुने भन्दै राजनीतिक दलहरुले भने आफ्नो कार्यसैलिललाई समयकाे माग र जन-चाहना अनुरुप बनाउँदै लानुपर्ने बताएका छन् ।
अहिले काम केही नगरने सामाजिक संजालमार्फत नेता बन्ने लहर चलेकाले रहर गर्नु नराम्रो नभए पनि राजनीति आन्दोलनमा कहि नदेखिने जन्तालाई समस्या पर्दा कतै नभेटिनेहरुले कसरी देश र जन्ताकाे सेवा गर्छन् भनेर विश्वास गर्ने भनेर प्रश्नसमेत गरेका छन् ।
दल परिवर्तन गर्दै हिड्ने आफ्नो प्रतिबद्धताबाट आँफै परिवर्तन हुनेहरुसँग के आश गर्ने ? उनकाे प्रश्न थियाे । कांग्रेसले अवसर पाउँदा निभाउनुपर्ने भूमिका निभाएकाले कांग्रेस मात्रै मुलुकाे हावा पानी जनजनमा भिजेकाे पुरानो लाेकतान्त्रिक पार्टी रहेकाले अब पनि कांग्रेस कै नेत्रित्वमा नेपाली जन्ताकाे समवृदिकाे चाहाना पुरा गर्ने काममा कांग्रेस लाग्ने बताएका छन् ।
कार्यक्रममा वाग्मती प्रदेशका पर्यटन मन्त्री दिपेन्द्र श्रेष्ठ काठमाडौं महानगरपालिका वडा नं ११ का वडा अध्यक्ष हिरालाल तन्डुकार लगायतले आफ्नो कुरा राखेका थिए । कार्यक्रम बबरमहलस्थित राताे कुमारी मन्दिर परिसरमा भएकाे थियाे ।








प्रतिक्रिया