भारतमा ४ करोड मानिसले अझै लगाएनन् कोभिडकाे खोप
नेपालखोज
२०७९ साउन ७ गते १९:२०

नयाँदिल्ली । भारत सरकारले देशमा करिब ४ करोड मानिसहरूले अझै कोभिड-१९ विरुद्धको खोपको पहिलो मात्रा पनि नलिएको बताएको छ ।
कनिष्ठ संघीय स्वास्थ्य मन्त्री भारती प्रविण पवारले शुक्रबार भारतीय संसद्को तल्लो सदन (लोकसभा) मा सम्बोधन गर्दै सो विवरण सार्वजनिक गरेका हुन् । पवारले संसद्मा लिखित जवाफ पेश गर्दै सोमबारसम्ममा खोप लगाउन योग्य उमेर समूहका करिब ४ करोड मानिसले हालसम्म पहिलो मात्राको खोप पनि नलिएको बताएका हुन् ।
सोमबारसम्म कुल ९२६,१७२,६६१ खोप लगाउँन योग्य उमेर समूहका (८७.४ प्रतिशत) ले कोभिड–१९ विरुद्धको खोपको दुवै डोज प्राप्त गरेको पनि मन्त्रीले जनाकारी दिएका छन् । त्यसैगरी सो खोपको तेस्रो मात्रा स्वास्थ्यकर्मी, अग्रपंक्तिमा काम गर्ने र ६० वर्ष भन्दा माथिका सबै योग्य उमेरसमूहका व्यक्तिहरूलाई मार्च १६ देखि प्रदान गरिने पनि सार्वजनिक गरिएको छ
सम्बन्धित
प्रतिक्रिया