आइतबार, पुष ६, २०८२

‘मौद्रिक नीतिले तरलता झन संकूचन गर्ने स्थिति देखियो’

नेपालखोज २०७९ साउन ७ गते २१:३०

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष कमलेश अग्रवालले मौद्रिक नीतिले सरकारले लिएको आर्थिक वृद्धिद्धरको लक्ष्यहाँसिलगर्न मद्दत नपुगेको टिप्पणी गरेका छन् । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमाबोल्दै उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘मौद्रिक नीति आउनुभन्दा पहिलेनै संकुचनकारी र कठोर नीति ल्याउँदै छौं भनेर भनिएको थियो । अहिले मौद्रिक नीति संकुचित भएर आएको हो । सधैंनै यही कुरा सुनेका थियौं । हामी २ वर्षदेखि कोभिडबाट प्रभावित थियौं । पूर्उस्थान हुन बाँकी छ । धेरै सेक्टर पूनर्उथान् भैसकेको छ । ग्लोबल ईकोनोमीमा फरक भयो । यो आर्थिक वर्षको सुरुवातमा नै तरलताको चरम अभावभयो । यो निजी क्षेत्र हतोत्साही भएको वर्षको रुपमा रह्यो । सरकारले विदेशी मुद्राको उचित व्यवस्थापन गर्न सकेन । त्यसको कारणले आयात निन्त्रण गर्नुपर्यो ।’

आयोजित साक्षात्कारमा बोल्दै अग्रवालले सरकारले चाहेको भए विदेशी मुद्राको व्यवस्था गर्न सक्ने थियो भन्ने धारणा राखे । उनले थपे–‘उच्च व्याजदर, नेपाली मुद्राको अवमूल्यनको अवस्था छ, गत जेष्ठ १५ गते बजेट आयो । त्यसमा८ प्रतिशतको वृद्धिद्धर लक्ष्य राखियो । मौद्रिकनीतिमाआर्थिक वृद्धिद्धरको कुरा हुनुपर्दथ्यो । तर, त्यो देखिएन ।’

उनले बजेटमा प्रक्षेपित ८ प्रतिशतको जिडिपी ग्रोथ गर्नको लागि झण्डैझण्डै ७०० बिलियननयाँ क्यापिटल ईन्जेक्शन हुनुपर्ने उल्लेख गर्दै भने, ‘नयाँकर्जा प्रवाहगर्ने वातावरण मौद्रिक नीतिमा हुनु पर्दथ्यो । जबकी अहिले आएको नीतिले त तरलतालाई झन संकुचनगर्ने स्थिति देखियो । तरलता व्यवस्थापनमा ब्याजदर अस्ति तीन महिना अघिमात्रै नेपाल राष्ट्र बैंकले चाुल आर्थिक वर्षको मौद्रिक नीतिको समीक्षा गर्दा खेरि बैंक व्याजदर ५ देखि ७ प्रतिशत गरेको थियो । अहिले आएर साँढे ८ प्रतिशतगरिदियो । यसले गर्दा उच्चव्याजदर हुने भयो । यस्तो व्यवस्थाले कसरी सरकारले राखेको आर्थिक वृद्धिद्धरको लक्ष्य पूरा हुन्छ ? यो आँफैमा ठूलो चूनौति छ ।’

उनले निजी क्षेत्रले जहिलेपनिलचिलो मौद्रिकनीतिको अपेक्षा गरेको सुनाए । उनले भने, ‘मनी सर्कुलेशनको लक्ष्य १८ प्रतिशतथियो, यसलाई १२ प्रतिशतगरियो । यो नीतिले आर्थिक गतिविधिलाई विस्तार गर्नेअवस्था देखेका छैनौं । निजी क्षेत्रको कुरा गर्दा नेपालमा टोटल ईन्भेष्टमेन्टको ७२ प्रतिशतभन्दा बढि यो क्षेत्रको लगानी छ । निजी क्षेत्रको लगानीको नीतिगत सुरक्षणको व्यवस्थागर्नुपनि सरकारको दायित्व हुन्छ । यो त राष्ट्र बैंकको पनिदायित्वहुन्छ । यसपटक यसबारेमा यो नीतिले सकारात्मक रोल देखाएको छैन् । अब धेरै कुरा नीतिगत रुपमा स्पष्ट रुपमाआएको छैन् ।कोभिड महामारीमादिएको सुविधापनि कटौती गरेको छ । अत्यावश्यक क्षेत्रलाई मात्रै दिने भनेको छ । कुन–कुन क्षेत्रले पाउने र कुन–कुन क्षेत्रले काट्ने भन्ने कुरा आएको छैन् ।’

यस्तै, सेयर धितोको कुरा गर्दै गतवर्षको चालु आर्थिक वर्षको मौद्रिकनीतिजारी हुँदा शेयर बजारको ईण्डेक्स २८ सय जति रहेको सुनाउँदै उनले अहिले झण्डै २ हजारको हाराहारीमाआएको बताए । उनले भने,‘अहिले आएको नीतिले पनि शेयर मार्केटको पोजिटिभ ग्रोथ गर्छ भन्ने लाग्दैन् । एकातर्फ व्याजदर बढाईएको छ, अर्कोतर्फ कर्जा संकुचनप्रवाहलाई कडाई गरिएको छ । फेरि १२ को क्याप गरिएको छ । यसले साना लगानीकर्तालाई राहत देला ।’

उनले अहिले मुलुकको आर्थिक अवस्थाको कुरा गर्दा विषम परिस्थितिरहेको सुनाए । उनले भने,‘विदेशीमुद्राको सञ्चिती घटेको छ। तर, त्यतिनकारात्मकअवस्थाभने छैन् । रेमिट्यान्स फ्लो बढेको छ । असारमापनि बढेको जस्तो देखिन्छ । वनको बाघले त नेपालमाखाँदैन् । तर, मनको बाघले निजी क्षेत्रलाई खाने वातावरण तयार नगरिदिनुहोस भन्न चाहन्छु ।’

अर्थविद् डा. डिल्लीराजखनाललेमौद्रिकनीतिअझै कसिलो आउनुपर्नेथियो भन्ने धारणा राखेका छन् । उनले भने,‘के विशुद्ध रुपमामूल्यभन्ने कुरा मुद्राप्रदायले मात्रै निश्चित गर्छ ?मौद्रिकनीति बढि माग पक्षबाट निर्देशित छ । मलाई कताकता के लागेको छ भने अहिलेको पोलिसीआर्थिक स्थायित्व र ब्यालेन्स अफ पेमेन्टमा स्थायित्व, यो दुवै कुरामा नीतिमा असफल भएको छ ।’

उनले सप्लाई साईट र उत्पादनको साईटलाई बजेटले निर्देशित गरेबमोजिमको नीतिनआएको हो किभन्ने पनिगुनासो रहेको सुनाए ।उनले भने,‘ब्याजदर ज्यादै उच्चदर छ । मागमा संकुचनमा ल्याउनुहुन्छ भने लगानीमाग घट्छ । नेपालको अर्थतन्त्रअहिले ट्रयापमा छ । मूल्य अन्तराष्ट्रिय कारणले बढ्दै जाने अवस्था, रियल स्टेटको लगानी कम गर्ने कुरा हो, यो सकारात्मक छ ।’ उनल राष्ट बैंकले भोलिका दिनमा अहिले उठेका सबै आशंकालाई चिरेर जानुपर्नेमा जोड दिए ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा राष्ट्रिय योजनाआयोगका पूर्व उपाध्यक्ष प्रा.डा. गोविन्दराज पोखरेलले मौद्रिक नीतिले आयात प्रतिस्थाप नगर्नको लागि उल्लेखनीय कुरा नगरेको टिप्पणी गरेका छन् ।

उनले भने, ‘अहिलेको आर्थिक अवस्थाको कुरा गर्दा, वैदेशिकमुद्रा सञ्चिती, व्यापार घाटा, चालु खातामा रकम हेर्ने हो भने निराशालाग्ने अवस्था छ । कर्जा धेरैजसो तअनुत्पादक क्षेत्रमागयो । वैदेशिक मुद्रा आर्जन गर्ने भनेको कि एफडिआई लिएर होकि रेमिट्यान्सलाई फर्मललाईज च्यालनबाट लिएर हो । या तनिर्यात बढाएर हो । यो कुरामामौद्रिकनीतिले सम्बोधनगरेको छैन् । समग्रमा आयात प्रतिस्थापनमा पनि त्यतिधेरै उल्लेखनीय कुरा भएको छैन् ।’

वैदेशिकमुद्रा सञ्चितीको अवस्थाउल्लेख गदै उनले श्रीलंका, लाओस रपाकिस्तानजुन समस्यामागएका छन्त्यो समस्यातिर जानबाट नेपाललाई रोक्ने नदेखिएको टिप्पणी गरे । उनले भने,‘हाम्रो वैदेशिक ऋण उनीहरुको तुलनामाकमहोला ।’ उनले अहिलेको आर्थिक अवस्थाको सुधारको लागिफजुलखर्च कम गर्नुपर्नेमा जोड दिए ।

उनले भने, ‘वडा अध्यक्षलाई पनितलबदिएर राखेका छौं । यो फजुलखर्च हो । विकास खर्च घटाएका छौं । चालु खर्च कमगर्नतर्फ जानुपर्छ । उत्पादनमा जोड दिनुपर्छ । रोजगारी सिर्जना गर्नुपर्छ । समग्रमा फजुल खर्च कम गर्ने उपायमा लाग्नुपर्छ । आर्थिक सुशासन कायम गर्ने तर्फ सबै सचेत हुनुपर्छ । नेपालमा लगानी गर्ने माहोल भएन । नीतिगत अप्ठ्यारो छन् । त्यता तर्फध्यान दिनुपर्छ ।’

प्रतिक्रिया