आइतबार, पुष ६, २०८२

देशभर आंशिकदेखि सामान्य बदली रहने, प्रदेश १ को एक/दुई स्थानमा भारी वर्षाको सम्भावना

नेपालखोज २०७९ साउन ८ गते ६:२४

काठमाडाैं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही दक्षिण तिर अवस्थित रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

हाल लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र प्रदेश १ का केहि भू-भागमा सामान्यदेखि पूर्ण बदली रही मेघगर्जन /चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको तथा देशका अन्य भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको विभागले जनाएकाे छ ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ भने देशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएकाे छ ।

त्यस्तै आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ भने देशको केही स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको तथा प्रदेश १ को एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएकाे छ ।

प्रतिक्रिया