मंगलबार, पुष १, २०८२

भक्तपुरमा रुख ढलेर बस र स्कुटरलाई किच्दा ३ जनाको मृत्यु

नेपालखोज २०७९ साउन ८ गते १४:२७

काठमाडौं । भक्तपुरको सल्लाघारीमा रुख ढलेर बस र स्कुटरलाई किच्दा ३ जनाको मृत्यु भएको छ । १२ जना घाइते भएका छन् ।

काठमाडौंबाट सल्लाघारी जाँदै गरेको बा.२ख ३५८४ नम्बरको बस र बा.६१प ३९७८ नम्बरको स्कुटरलाई च्याप्दा तीनजनाको मृत्यु भएको र १२ जना घाइते भएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिइन् ।

घाइतेहरुको भक्तपुर अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया