आइतबार, पुष ६, २०८२

आईक्यानद्वारा मुक्तिनाथ विकास बैंक लगातार तेस्रोपटक पुरस्कृत

नेपालखोज २०७९ साउन ८ गते १४:२३

काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) ले हरेक वर्ष नेपाल वित्तीय प्रतिवेदन मान (एनएफआरएस) प्रणालीमार्फत वित्तीय विवरण प्रकाशन गर्ने उत्कृष्ट संस्थाहरुलाई प्रदान गर्दै आएको विभिन्न विधाहरुमध्ये वित्तीय क्षेत्रतर्फ आर्थिक वर्ष ०७७/७८ का लागि उत्कृष्ट वार्षिक प्रतिवेदन प्रस्तुत पुरस्कार मुक्तिनाथ विकास बैंकले प्राप्त गरेको छ । यो पुरस्कारबाट मुक्तिनाथ बैंक आर्थिक वर्ष ०७५/७६, ०७६/७७ र ०७७/७८ गरी लगातार तीनपटक पुरस्कृत भएको हो ।

आईक्यानले बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड विभिन्न पाँच विधामा प्रस्तुत गरेको थियो । ती विधाहरूमा बैंकिङ क्षेत्र (वाणिज्य बैंक समूह), वित्तीय क्षेत्र (विकास बैंक र वित्त कम्पनी समूह), बिमा क्षेत्र, सार्वजनिक निकाय र सामान्य क्षेत्र रहेका छन् । विकास बैंक र वित्त कम्पनीहरूमध्येबाट मुक्तिनाथ विकास बैंकले वित्तीय क्षेत्र विधाको सर्वोकृष्ट पुरस्कार प्राप्त गरेको छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले संस्थाको नवनिर्वाचित अध्यक्ष र उपाध्यक्षको शपथ ग्रहण समारोहमा उक्त पुरस्कार प्रदान गरेको थियो ।

अवार्ड बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले ग्रहण गरे । उत्कृष्ट वार्षिक प्रतिवेदन प्रस्तुत गरेबापत बैंकलाई दिइने उक्त पुरस्कारलाई अति प्रतिष्ठित पुरस्कार मानिने गरिएको छ ।

साथै, बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न यस विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभर रहेको भिसा नेटवर्कमा आबद्ध अन्य जुनसुकै बैंकको एटीएमबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

त्यसैगरी प्रिपेड डलर कार्ड, मोबाइल बैंकिङ, क्यूआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङ (बचत सेवाका लागि ९८०१११००२२, कर्जा सेवाका लागि ९८०१११००२३) आदि जस्ता सेवा बैंकको शाखामा भौतिक रूपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।

प्रतिक्रिया