सुरु भयो ‘अर्नाको सङ कन्टेस्ट-२०२२’
नेपालखोज
२०७९ साउन ८ गते १६:२८

काठमाडौं । ओरिजिनल गीतको क्षेत्रमा नेपालकै सबैभन्दा ठूलो सङ कन्टेस्ट लिएर अर्ना फेरि २०२२ मा उपस्थित भएको छ । विगत दुई वर्षदेखि निरन्तर रूपमा आयोजना गर्दै आएको अर्ना बियरले देशका कैयौं गायक, संगीतकार तथा गीतकारलाई कला प्रदर्शन गर्न पृथक मञ्च प्रदान गरेको छ ।
यही आज आइतबार (साउन ८ गते) देखि आयोजना हुने अर्ना सङ कन्टेस्टमा इच्छुकले बनाएको ओरिजिनल गीतको अडियो फाइल अर्नाको फेसबुक पेज वा अर्नाको वेबसाइटमा पठाउन सकिनेछ ।
१० लाख रुपैयाँ पुरस्कार रहेको यो कन्टेस्टमा भदौ १५ गतेभित्र आफ्नो गीत पठाइ सक्नुपर्नेछ । यसबारे अतिरिक्त जानकारी चाहिए अर्नाको सोसल मिडिया पेज फलो गरेर पनि बुझ्न सकिने कम्पनीले विज्ञप्तिमार्फत जनाएको छ ।
सम्बन्धित








प्रतिक्रिया