बुधबार, असार १८, २०८२

चौबीस घण्टामा ३४७ कोरोना संक्रमण, २ जनाको मृत्यु

नेपालखोज २०७९ साउन ८ गते १६:४५

काठमाडौं । नेपालमा गत चौबीस घण्टामा जम्मा ३४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरबाट २ हजार ३६० जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ३०३ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै १ हजार ५२८ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ४४ जनामा कोरोना संक्रमण देखिएको छ । नेपालमा हाल ३ हजार १७७ जना सक्रिय संक्रमित छन् ।

त्यस्तै, गत चौबीस घण्टामा थप ९५ जना कोरोना भाइरस संक्रमण मुक्त भई डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त भई डिस्चार्ज हुनेको संख्या ९ लाख ६८ हजार ४८९ जना पुगेको मन्त्रालयले जनाएको छ । नेपालमा संक्रमण मुक्त हुनेदर ९८ दशमलव ५ प्रतिशत छ ।

त्यस्तै, कोरोना लागेर २ जनाकाे मृत्यु भएको छ ।

प्रतिक्रिया