आइतबार, पुष ६, २०८२

डीएचआई ब्रान्डका इलेक्ट्रोनिक्स तथा घरायसी उपकरण नेपाली बजारमा

नेपालखोज २०७९ साउन ८ गते २०:३०

काठमाडौ । डीएचआई इलेक्ट्रोनिक्स प्राली, नेपाली उपभोक्ताहरुको माग तथा आवश्यकतालाई मध्यनजर गर्दै एक कार्यक्रम बी जुलाई २४, २०२२ मा काठमाडाौंमा, डीएचआई ब्रान्ड लन्च गरी उक्त ब्राण्डका इलेक्ट्रोनिक्स तथा घरायसी उपकरण अनावरण गरेको छ ।

उक्त कार्यक्रममा डीएचआई ब्रान्डका बिभिन्न उत्पादनहरु प्रदर्शन गरियो, जसमा डीएचआईका घरेलु तथा होम इन्टरटेन्मेन्टका उपकरणहरु अन्तर्गत टेलिभिजन, वाशिङ मेसिन, रेफ्रिजरेटर, इन्डक्सन चुलो, राइस कुकर, एयर कुलर, किचन चिम्नी, भ्याकुम क्लिनर र चेस्ट फ्रीजर लगयतका अन्य घरेलु उपकरणहरु राखिएको थियो । डि एच आइ इलेक्ट्रोनिक्सले डीएचआई ब्रान्डका घरायसी उपकरणहरुले भान्सामा र घरमा ग्राहकहरुलाई सहजता र चुस्तता प्रदान गर्ने दाबी गरेको छ ।

अझ विशेष गरी महिलाहरुले आफ्नो रुची, करियर वा परिवारसँग बिताउनका लागि थप समय र उर्जा प्राप्त गर्नेछन् । देशमा पेट्रोलियम पद्धार्थको आयतले व्यापार घाटालाई थप चुनौतीपूर्ण बनाइरहेको स्थितिमा आफ्नै देशको उर्जा खपत गरी अर्थतन्त्रमा पर्न जाने आर्थिक भार कम गर्न पनि डीएचआईका उर्जा कुशल विद्युतीय उपकरणहरुले महत्चपूर्ण भूमिका खेल्नेछ । त्यसबाहेक, डीएचआई ब्रान्डका नयाँ उत्पादनहरुले प्रतिस्पर्धात्मक वातावरण सिर्जना गरि बजारको मागलाई सम्बोधन गर्न मदत गर्नेछ ।

डीएचआईका प्रमुख कार्यकारी अधिकृत केशवकान्त पौडेल भन्छन, डीएचआईहोम एप्लायन्सका नवीनतम प्रविधि र उत्कृष्ट गुणस्तरका उत्पादनहरु बजारमा उपलब्ध छन् जुन निकै सुविधाजनक, भरपर्दा र तुलनात्मक रुपमा प्रतिस्पर्धी मुल्यमा उपलब्ध छन् । हामीले डीएचआई ब्रान्डका उत्कृष्ट उत्पादनहरु मार्फत ग्राहकहरुको सन्तुष्टिलाई मध्यनजर गर्दै प्रत्येक घरलाई सुखी घर बनाउने लक्ष्य राखेका छौ र हाम्रा ग्राहकहरुको मन पनि जितिरहेका छौं ।

डीएचआई इलेक्ट्रोनिक्सले करीब दुई वर्षयता नेपालमा सेट–टप बक्सको निर्माण र वितरणमा अग्रणी भूमिका खेल्दै आएकोमा पछिल्लो समय स्वदेशी बजारमा इलेक्ट्रोनिक्स र घरायसी उत्पादनहरुको मागलाई मध्यनजर नगरी डि एच आइ ब्रान्ड अन्तर्गत आफ्नो गुणस्तरीय उत्पादनहरु बजारमा ल्याएको छ ।

यस्ता उपकरणहरुमा देखिन सकिने सम्भावित समस्याहरुलाई यथाशिघ्र सम्बोधन गर्न नेपालभरी आफ्नो सेवा सन्जाल समेत बिस्तार गरिएको छ । यसका साथै डि एच आइ इलेक्ट्रोनिक्स नेपालकै एक विश्वसनीय संस्था डिशहोमको भगिनी संस्था भएकोले उत्पादन र सेवा वितरणमा उत्कृष्टता प्रदान गर्नेछ ।

डीएचआई ह्यापियर होम, छुट्टै छ है भन्ने नारा बोकेको डि एच आइ ब्रान्डका इलेक्ट्रोनिक्स तथा घरायसी उपकरणहरु बजारमा सर्वत्र उपलब्ध छन् ।

प्रतिक्रिया