‘क्रान्तिकारीले मिहिनेत गरे गणतन्त्रलाई जनताले चाहे जस्ताे बनाउन सकिन्छ’
नेपालखोज
२०७९ साउन ९ गते १८:२२

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्रान्तिकारीहरुले मिहेनत गरेर जाँदा गणतन्त्रलाई जनताको गणतन्त्र र समाजवादी गणतन्त्रतिर लैजान सकिने बताएका छन् ।
कम्युनिष्ट संस्थापक नरबहादुर कर्माचार्यको नवौं स्मृति दिवसका अवसरमा सोमबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
उनले भने, ‘हामीले सकेनौं भने त्यो बुर्जुवा गणतन्त्र हुने खतरा पनि छ भनेर लेखिएको छ । आजको दिनमा हेर्ने हो भने राजनीति त्यसको वरिपरि घुमिरहेको छ ।’
अध्यक्ष प्रचण्डले प्रतिक्रियावादी शक्तिहरुले आफूहरुले लडेर ल्याएको संघीयता, गणतन्त्र र धर्मनिरपेक्षताका विरुद्ध जेहाद छाड्न थालेको बताए ।
सम्बन्धित








प्रतिक्रिया