आइतबार, पुष ६, २०८२

एसईईको नतिजा स्प्याराे एसएमएसमार्फत हेर्न सकिने

नेपालखोज २०७९ साउन ९ गते २१:४७

काठमाडाैं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले एसईई विद्यार्थीहरुलाई एसईई २०७८/७९ को नतिजा हेर्नको लागि एमएसमएस सेवा उपलब्ध गराउन स्प्याराे एसएमएससँग सम्झौता गरेको छ । एसईई विद्यार्थीले एमएसएम मार्फत एसईईको नतिजा हेर्न सक्नेछन् ।

स्प्याराे एसएमएस आधिकारिक एसएमएस सेवा प्रदायक हो र एक दशक देखि प्रत्येक वर्ष एसईईको नतिजा प्रकाशित गर्दै आएको छ । यो साझेदारीसँगै अब नेपालभरका एसईई विद्यार्थी र अभिभावकहरूले सजिलै र सहज रूपमा एसएमएस मार्फत आफ्नो एसईई नतिजा हेर्न सक्नेछन् ।

एसईईको नतिजा २०७८/२०७९ एसएमएस मार्फत यसरी हेर्ने

तपाईको एसईईको नतिजा २०७८/२०७९ को एसएमएस मार्फत हेर्नकोलागि आफ्नो मोबाइलको एसएमएस बाकसमा जाने, नयाँ एसएमएस लेख्ने, आफ्नो सिम्बाेल नम्बर टाईप गरेर एउटा स्पेस दिने र ३५००१ मा एसएमएस पठाउनुपर्नेछ । 

प्रतिक्रिया