आइतबार, पुष ६, २०८२

खल्तीको द बिगेस्ट पेमेन्ट जात्रा अफर अन्तर्गत ५ लाखभन्दा बढी प्रयोगकर्ताले गरे करोडभन्दा बढीकाे कारोबार

नेपालखोज २०७९ साउन १० गते २०:५२

काठमाडाैं । खल्तीले आफ्ना प्रयोगकर्ताहरूका लागि जेठ १२ देखि असार ३२ सम्म आयोजना गरेको ५२ दिनको ‘द बिगेस्ट पेमेन्ट जात्रा’ अफरमा सफलतापूर्वक ५ लाखभन्दा बढी प्रयोगकर्ताले १ करोड रूपैयाँभन्दा बढी सङ्ख्यामा कारोबार गरेका छन् ।

खल्तीले करोड बराबरको अफरको रुपमा ‘द बिगेस्ट पेमेन्ट जात्रा’ आयोजना गरेको थियो। यो अफर अन्तर्गत् खल्ती प्रयोगकर्ताहरूले सहभागिता जनाई क्यासब्याक तथा थुप्रै उपहारकाको फाइदा लिएका थिए । साथै हरेक दिन १ बजेदेखि सुरु हुने फायरसेल अन्तर्गत २ लाखभन्दा बढी प्रयोगकर्ताहरू लाभान्वित भएका थिए जसमा ५०% सम्म क्यासब्याक प्रदान गरिएको थियो ।

अफरको आकर्षक केन्द्रबिन्दुको रूपमा रहेको तीनवटा ‘बजाज पल्सर एनएस १६० एबीएसयू’ तिन भाग्यशाली बिजेताले लकि ड्र मार्फत प्राप्त गरेका छन् । यति मात्र नभई अफरमा सहभागिता जनाउने ७६ भाग्यशाली प्रयोगकर्ताहरूले पुरस्कार स्वरूप समग्रमा ७ वटा इलभ एगिक को ४३ इन्चको स्मार्ट टि.भी, १४ वटा स्मार्ट फोन, ५२ वटा फ्लाइट टिकट १ रूपैयाँमा, ५२ वटा स्मार्टब्याण्ड लकि ड्र मार्फत प्राप्त गरेका थिए।

खल्तिले बिजेता छनौट प्रकृयालाई पारदर्शी बनाउनका लागि हरेक हप्ता फेसबुक लाइभ मार्फत बिजेता घोषणा गर्दै आएको थियो ।  आगामी दिनमा पनि डिजिटल भुक्तानी प्रति सबै नेपालीलाई प्रोत्साहित गर्न खल्तिले थुप्रै रोमान्चक अफर र पुरस्कारहरु आफ्ना प्रयोगकर्ता माझ ल्याउने छ।

प्रतिक्रिया