आइतबार, पुष ६, २०८२

रक्तदाता प्रेमसागर कर्माचार्य सम्मानित (तस्बिरसहित)

नेपालखोज २०७९ साउन ११ गते ९:५२

काठमाडाैं । नेपाल स्वयंसेवी रक्तदाता समाजले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल एकाई गठन गरेकाे छ ।

समाजले त्रिभुवन विश्वबिद्यालय शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्राडा दिनेश काफ्लेको उपस्थितिमा नेपाल स्वयंसेवी रक्तदाता समाज त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल एकाई आयोजना गरेकाे हाे ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल मनमोहन कार्डियोथोरासिसका विभागिय प्रमुख प्राडा भगवान कोईराला, डा. अनिल भट्टराई, डा. मनिता राजकर्णिकार, दिव्य पौडेल, नेपाल स्वयंसेवी रक्तदाता समाज महालक्ष्मी नगर समिति ललितपुरका अध्यक्ष विजय कुमार महर्जन, तारकेश्वर नगर समितिका अध्यक्ष राधेश्याम फुयाफ, काठमाडौं महानगरपालिका १३ वडा नगर समितिका अध्यक्ष निरू महर्जन, २० वडा नगर समितिका सचिव राजेश मानन्धर उपस्थित थिए ।

कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यलाई सम्मान गरिएकाे थियाे ।

प्रतिक्रिया