जनरल इन्स्योरेन्स र लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेजबिच सम्झौता
नेपालखोज
२०७९ साउन ११ गते १६:१२

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड र लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्रालि बुटवलबीच नगदरहित सेवा प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ ।
सम्झौतापत्रमा जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र श्रेष्ठ र लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्रालिका तर्फबाट प्रबन्धक निर्देशक भीमप्रसाद तुलाचनले हस्ताक्षर गरेका छन् ।
सम्झौतापश्चात जनरल इन्स्योरेन्स कम्पनीबाट औषधोपचार बिमा सेवा खरिद गर्ने ग्राहकले बिमालेखको सीमासम्म लुम्बिनी हस्पिटलबाट नगदरहित हस्पिटलाइजेसन सुविधा प्राप्त गर्न सक्नेछन् ।
सम्बन्धित








प्रतिक्रिया