नवनियुक्त राजदूतहरुले लिए पद तथा गोपनीयताको शपथ
नेपालखोज
२०७९ साउन ११ गते १६:२९

काठमाडौं । विभिन्न मुलुकका लागि नियुक्त भएका राजदूतहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
राष्ट्रपति भवन शीतलनिवासमा बुधबार आयोजित विशेष कार्यक्रममा नवनियुक्त राजदूतहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ गराइन् ।
राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार राजदूत डा. दुर्गाबहादुर सुवेदी (जापान), दानबहादुर तमाङ (दक्षिण अफ्रिका) डा. शर्मिला पराजुली ढकाल (स्पेन), मिलनराज तुलाधार (रुसी महासंघ) र प्रा. डा. रामस्वार्थ राय (डेनमार्क) ले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।
शपथ ग्रहण कार्यक्रममा परराष्ट्रमन्त्री डा. नारायण खड्कालगायत सरकारका उच्च पदस्थ अधिकारीहरूको समेत उपस्थिति थियो ।

सम्बन्धित








प्रतिक्रिया