थपिए ५६४ संक्रमित, २०२ जना डिस्चार्ज
नेपालखोज
२०७९ साउन ११ गते १६:४२

काठमाडौं । नेपालमा गत चौबीस घण्टामा जम्मा ५६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरबाट २ हजार ७७८ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ४१८ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै १ हजार ६७६ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा १४६ जनामा कोरोना संक्रमण देखिएको छ । नेपालमा हाल ३ हजार ९२९ जना सक्रिय संक्रमित छन् ।
त्यस्तै, गत चौबीस घण्टामा थप २०२ जना कोरोना भाइरस संक्रमण मुक्त भई डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त भई डिस्चार्ज हुनेको संख्या ९ लाख ६८ हजार ८०२ जना पुगेको मन्त्रालयले जनाएको छ । नेपालमा संक्रमण मुक्त हुनेदर ९८ दशमलव ४ प्रतिशत छ ।
त्यस्तै, कोरोना लागेर १ जनाको मृत्यु भएको छ ।
सम्बन्धित
प्रतिक्रिया