अमेरिकी एक डलरको खरिददर १२७ रुपैयाँ ५४ पैसा, बिक्रीदर १२८ रुपैयाँ १४ पैसा

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बुधबार)का लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । नेपाल राष्ट्र बैंककाअनुसार विदेशी मुद्राको विनिमयदर अमेरिकी एक डलरको खरिददर १२७ रुपैयाँ ५४ पैसा र बिक्रीदर १२८ रुपैयाँ १४ पैसा रहेको छ ।त्यस्तै, युरो एकको खरिददर १२९ रुपैयाँ ४४ पैसा र बिक्रीदर १३० रुपैयाँ ०५ पैसा रहेको बैंकले जनाएको छ ।
त्यस्तै, बेलायती पाउन्ड एकको खरिददर १५३ रुपैयाँ ८८ पैसा र बिक्रीदर १५४ रुपैयाँ ६१ पैसा रहेको छ भने, कतारी रियालको मूल्य एकको खरिददर ३४ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३४ रुपैयाँ ९८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
त्यसैगरी, जापानी यान १० को खरिददर ९ रूपैयाँ ३३ पैसा रहेको छ भने बिक्रीदर ९ रूपैयाँ ३७ पैसा रहेको छ । यसैगरी साउदी रियाल एकको खरिददर ३३ रूपैयाँ ९६ पैसा रहेको छ भने, बिक्रीदर ३४ रूपैयाँ १२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
हेर्नुहाेस् आजकाे विदेशी मुद्राको विनिमयदर

प्रतिक्रिया