आइतबार, पुष ६, २०८२

१५ अंकले नेप्से बढ्दा ४ अर्ब ९७ करोडको कारोबार

नेपालखोज २०७९ साउन १२ गते १५:४७

काठमाडौं । नेप्सेको उकालो यात्राले साताको पाँचौं कारोबार दिन (बिहीबार) पनि निरन्तरता पाएको छ । अघिल्लो दिन झन्डै २४ अंकले बढेको नेप्से आज पुनः १५ दशमलव ४४ अंकले बढेर २१ सय २७ दशमलव ४२ अंकमा चढेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव सात अंकले बढेर चार सय पाँच दशमलव ६२ अंकमा चढेको छ ।

दुई सय २१ कम्पनीको ७२ हजार चार सय ५० पटकको कारोबारमा एक करोड १९ लाख ५५ हजार ७६ कित्ता सेयर खरिद–बिक्री भएको छ । जसअनुसार कुल कारोबार रकम चार अर्ब ९७ करोड ६४ लाख ३३ हजार एक सय पाँच रुपैयाँ कायम भएको छ ।

नेप्सेमा आज १३ समूहको कारोबार भएकामा तीनवटा समूहको सूचक घटेर बाँकी १० समूहको सूचक बढेका छन् । सोमध्ये वाणिज्य बैंक समूहको सूचक एक दशमलव २७ अंकले बढेर १३ सय ८८ दशमलव ६१ अंकमा चढेकामा विकास बैंक समूहको सूचक ८४ दशमलव ३८ अंकले बढेर तीन हजार आठ सय ९१ दशमलव ४९ अंकमा चढेको छ ।

जलविद्युत् समूहको सूचक पनि २९ दशमलव ९८ अंकले बढेर २५ सय ४२ दशमलव ९८ अंकमा चढेको छ । जीवन बिमा समूहको सूचक पनि १५ दशमलव ११ अंकले बढेर नौ हजार नौ सय ५० दशमलव ५३ अंकमा चढेको छ । यीबाहेक फाइनान्स, ट्रेडिङ, होटेल तथा पर्यटन, लघुवित्त, सामूहिक लगानी कोष र लगानी समूहहरूको सूचक पनि बढेका छन् । निर्जीवन बिमा समूहको सूचक भने दुई दशमलव ३५ अंकले घटेर आठ हजार तीन सय तीन दशमलव २७ अंकमा झर्दा उत्पादनमूलक र अन्य समूहको सूचक पनि छन् ।

नेप्सेमा आज विन्धवासिनी हाइड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले बढेर तीन सय ६७ रुपैयाँ ४० पैसा अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा राधी जलविद्युत् कम्पनीको प्रतिकित्ता सेयर मूल्य तीन दशमलव ९१ प्रतिशतले घटेर ६ सय १५ रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

यसैगरी आज अरुण कावेली पावर लिमिटेडको प्रतिकित्ता पाँच सय रुपैयाँ अन्तिम मूल्यमा १७ करोड ९६ लाख ८६ हजार ६ सय १२ रुपैयाँको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरूको कारोबार रकममध्येमा सबैभन्दा बढी हो ।

प्रतिक्रिया