शुक्रबार, असार २०, २०८२

चौबीस घण्टामा ७१० जनामा कोरोना संक्रमण

नेपालखोज २०७९ साउन १२ गते १६:२५

काठमाडौं । नेपालमा गत चौबीस घण्टामा जम्मा ७१० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरबाट २ हजार ५४१ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ५२४ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै २ हजार ४८४ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा १८६ जनामा कोरोना संक्रमण देखिएको छ । नेपालमा हाल ४ हजार २३६ जना सक्रिय संक्रमित छन् ।

त्यस्तै, गत चौबीस घण्टामा थप २१५ जना कोरोना भाइरस संक्रमण मुक्त भई डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त भई डिस्चार्ज हुनेको संख्या ९ लाख ६९ हजार २१९ जना पुगेको मन्त्रालयले जनाएको छ । नेपालमा संक्रमण मुक्त हुनेदर ९८ दशमलव ४ प्रतिशत छ ।

त्यस्तै, कोरोना लागेर २ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया