विश्व हिन्दु महासंघलाई मुक्तिनाथको सहयोग

काठमाडौं । मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न संघ-संस्थाहरूलाई सहयोग गर्दै आइरहेको छ । सोही योजनाअनुसार बैंकले विश्व हिन्दु महासंघ जिल्ला शाखा स्याङजाले प्रकाशन गर्ने ‘वैदिक सभ्यता’ नामक गहन पुस्तकको प्रकाशनका लागि एक कार्यक्रमबीच आर्थिक सहयोग रकम ५० हजार रुपैयाँको चेक हस्तान्तरण गरेको छ ।
उक्त कार्यक्रममा बैंकका तर्फबाट उप-क्षेत्रीय कार्यालय स्याङ्जाका प्रमुख नवीन काफ्ले, अन्य आधिकारिक सदस्यहरू, वालिङ नगरपालिकाका नगर उप-प्रमुख कविता तिवारी र विश्व हिन्दु महासंघ जिल्ला शाखा, स्याङ्जाका अध्यक्ष, उपाध्यक्षलगायत सम्पूर्ण कार्यसमिति र अन्य सामाजिक व्यक्तित्वको उपस्थिति थियो ।
यस सहयोगबाट संस्थाले धर्म तथा संस्कृति संरक्षणका लागि गर्ने कार्यमा सहयोग पुग्ने बैंकको धारणा छ । मुक्तिनाथ विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्दै, यस सहयोगबाट सेवा क्षेत्रका व्यक्तिहरूको हितमा काम हुने विश्वास लिएको छ ।
साथै, डिजिटल कारोबारलाई प्रोत्साहन गर्न बैंकले आफ्नो एटीएम कार्ड प्रयोग गरी नेपालभर रहेको भिसा नेटवर्कमा आबद्ध अन्य जुनसुकै बैंकको एटीएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।
त्यसैगरी मोबाइल बैंकिङ, क्यूआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्मा, मिस्डकल बैंकिङ (बचत सेवाका लागि : ९८०१११००२२, कर्जा सेवाका लागि : ९८०१११००२३) आदि जस्ता सेवा बैंकको शाखामा भौतिक रूपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।








प्रतिक्रिया