आइतबार, पुष ६, २०८२

नेपाल बैंकको डबल धमाका योजना सार्वजनिक

नेपालखोज २०७९ साउन १२ गते १७:०७

काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले ‘नेपाल बैंक डबल धमाका’ मुद्दती खाता सञ्चालनमा ल्याएको छ । बैंकका अनुसार ग्राहकले यो मुद्दती खातामा लगानी गरेको रकम ६ वर्ष चार महिना २० दिनमा दुई गुणा हुनेछ भने संस्थाको हकमा सात वर्ष तीन महिनामा मुद्दतीको रकम दुई गुणा हुने बैंकले जनाएको छ । त्यसैगरी रेमिट्यान्सबाट प्राप्त रकम यो मुद्दती खातामा लगानी गर्दा ६ वर्ष ११ महिना दुई दिनमा दुई गुणा हुनेछ ।

यो मुद्दती खाता खोल्ने ग्राहकले पाँच लाखसम्मको क्रेडिट कार्ड सुविधालगायत अन्य आकर्षक सुविधा पनि प्राप्त गर्नेछन् । नेपालभरका सम्पूर्ण शाखामार्फत यो मुद्दती खाता खोल्न सकिने बैंकले जानकारी दिएको छ । नेपालभर दुई सय १९ वटा शाखा, एक सय ८३ वटा एटीएम साथै ४७ वटा एक्सटेन्सन काउन्टरमार्फत करिब २२ लाख ग्राहकलाई वित्तीय सेवा पुर्याइरहेको यो बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिङ प्रविधिमार्फत बैंकिङ सेवा सुविधा प्रदान गर्दै प्रतिस्पर्धी रूपमा अगाडि बढिरहेको छ ।

बैंकले छिटो–छरितो र गुणस्तरीय ग्राहक सेवामा मुख्य जोड दिई युवा जनशक्तिमार्फत नेपालभर बैंकिङ सेवा प्रदान गरिरहेको छ । दक्ष व्यवस्थापन, युवा कर्मचारी र आधुनिक प्रविधिको समुचित प्रयोग भएसँगै आमनेपालीमा नेपालको पहिलो बैंक नेपाल बैंकप्रतिको आकर्षण दिन प्रतिदिन बढ्दै गएको देखिन्छ ।

प्रतिक्रिया