शुक्रबार, वैशाख १२, २०८२

आशा लघुवित्तको खुद मुनाफा १२ करोड ३५ लाख

नेपालखोज २०७९ साउन १३ गते ११:३६

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष ०७८/७९ मा १२ करोड ३५ लाख ७९ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवमा भने संस्थाको यस्तो नाफा १२ करोड ३० लाख ३५ हजार रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी ३३ करोड ३९ लाख १४ हजार रुपैयाँ रहेको संस्थाले आर्थिक वर्ष ०७८/७९ मा एक अर्ब ७३ करोड चार लाख ३८ हजार रुपैयाँ निक्षेप संकलन गरी पाँच अर्ब ३१ लाख ९९ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ३१ करोड ७५ लाख ९५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम चार करोड ९९ लाख ६८ हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात तीन दशमलव ८५ प्रतिशत रहेको छ ।

अघिल्लो आवमा भने संस्थाले एक अर्ब २८ करोड ५४ लाख १६ हजार रुपैयाँ निक्षेप संकलन गरी तीन अर्ब ८१ करोड ९५ लाख एक हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा २६ करोड ५८ लाख ३१ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम ८३ लाख आठ हजार रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात तीन दशमलव ८० प्रतिशत रहेको थियो ।

प्रतिक्रिया