बिहीबार, असार १९, २०८२

थपिए ५७७ संक्रमित, २६९ जना डिस्चार्ज

नेपालखोज २०७९ साउन १३ गते १६:३८

काठमाडौं । नेपालमा गत चौबीस घण्टामा जम्मा ५७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरबाट २ हजार ४७४ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ३९१ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै १ हजार ८०८ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा १८६ जनामा कोरोना संक्रमण देखिएको छ । नेपालमा हाल ४ हजार ३५६ जना सक्रिय संक्रमित छन् ।

त्यस्तै, गत चौबीस घण्टामा थप २६९ जना कोरोना भाइरस संक्रमण मुक्त भई डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त भई डिस्चार्ज हुनेको संख्या ९ लाख ६९ हजार ४८८ जना पुगेको मन्त्रालयले जनाएको छ । नेपालमा संक्रमण मुक्त हुनेदर ९८ दशमलव ३ प्रतिशत छ ।

त्यस्तै, कोरोना लागेर २ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया