प्रदेश १, वाग्मती र लुम्बिनीमा मेघ गर्जनसहित वर्षा

काठमाडौं । देशभर आज (शनिबार) आंशिकदेखि सामान्य बदली रही प्रदेश १, वाग्मती र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
देशभर आज (शनिबार) दिउँसो भने सामान्य बदली रहनेछ । देशका धेरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपासमा छ भने पूर्वमा सरदर स्थानभन्दा केही उत्तरतिर अवस्थित रहेको जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान महाशाखाले नियमित बुलेटिनमार्फत जनाएको छ ।
शनिबार राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका केही स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको अनुमान छ । प्रदेश १ र मधेस प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
यसैगरी भोलि (आइतबार) दिउँसो देशभर सामान्य बदली रहनेछ । देशका धेरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, वाग्मती र गण्डकीका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ । राति भने देशभर सामान्य बदली रहनेछ। देशका केही स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १ र मधेस प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
पर्सि (सोमबार) दिउँसो देशभर सामान्य बदली रहने महाशाखाले अनुमान गरेको छ । देशका धेरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । महाशाखाका अनुसार प्रदेश १ का एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ । राति भने देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश १, मधेस, वाग्मती र गण्डकीका केही स्थानमा र लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १ का एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
देशका धेरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको र प्रदेश १, वाग्मती र गण्डकीका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले उक्त भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको महाशाखाले जनाएको छ । साथै नदी नाला तथा खहरे खोलामा पानीको सतह बढ्न सक्ने र दैनिक जनजीवन/यातायात क्षेत्रसमेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु महाशाखाले सर्वसाधारणमा अनुरोधसमेत गरेको छ ।








प्रतिक्रिया