‘पार्टीभित्रको एकता बलियो भए मात्रै मुलुकसामु देखिएका चुनौती सामना गर्न सकिन्छ’

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेता, कार्यकर्ता सबैले पार्टीको दायराभित्र बसेर अभिव्यक्ति दिनुपर्ने बताएका छन् ।
कांग्रेस कार्यकर्ता भएपछि उसले गर्ने गतिविधिले समाजमा कांग्रेसप्रतिको दृष्टिकोण तय हुने भएकाले सबै जिम्मेवार बन्नुपर्ने बताए । पार्टीले गरेको निर्णयको पक्षमा सबै उभिन सके मात्रै पार्टी बलियो हुने उनको भनाइ छ ।
कांग्रेसभित्रको एकता बलियो भए मात्रै मुलुकसामु देखिएका चुनौती सामना गर्न सकिने उनको भनाइ छ । सार्वजनिक मञ्चबाट या सामाजिक सन्जालबाट पार्टी निर्णयभन्दा आफूले फरक धारणा राख्दा व्यक्ति पपुलर होला तर कांग्रेस कमजोर हुने भएकाले यसप्रति सबै जिम्मेवार बन्न नेता सिंहले आग्रह गरे ।
नेता सिंहले अझै पनि मुलुकमा अस्थिरता कायम रहेकाले राजनीति स्थायित्व र संविधान कार्यान्वयन गराउन कांग्रेसमात्रै सक्षम रहेको दाबी गरे । उनले कांग्रेसलाई पहिलो दल बनाउने गरी निर्वाचन केन्द्रित हुन कार्यकर्तालाई आग्रह पनि गरे ।
नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर १ ले शनिबार गरेको प्रशिक्षण कार्यक्रममा उनले मुलुकको अर्थतन्त्रमा संकट देखिनुको प्रमुख जिम्मेवार कम्युनिस्टहरु भएको दाबी पनि गरे । कांग्रेस कार्यकर्ताले नै अब सामाजिक सन्जालदेखि समग्र गतिविधि चुनावी माहोल निर्माण गर्ने गरी काम गर्न निर्देशन पनि दिए ।
मुलुकमा देखिएका तमाम समस्या समाधान कांग्रेसबाहेक अरु दलले गर्न सक्दै भन्ने स्थापित भइसकेको विगतका तमाम राजनीतिक घटनाक्रमले पुष्टि गरिसकेको उनको भनाइ छ । कांग्रेसको नेतृत्वमा भए/गरेका उपलब्धिलाई आ-आफ्नो ठाउँबाट प्रचारमा लिएर जानसमेत उनले कार्यकर्ताहरुलाई निर्देशन दिए ।









प्रतिक्रिया