सोमबार, पुष ७, २०८२

पाँचवटा प्रदेशमा भारी वर्षाकाे सम्भावना

नेपालखोज २०७९ साउन १५ गते ६:१७

काठमाडाैं । हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपासमा रहेको र पूर्वमा सरदर स्थानभन्दा केही उत्तरतिर अवस्थित रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

हाल देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १ का थोरै स्थानहरूमा र वाग्मती प्रदेश, गण्डकी  प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानहरुमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको विभागले जनाएकाे छ ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ भने देशका धेरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको तथा प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएकाे छ ।

आज राति देशका पहाडी भू-भागमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने देशका पहाडी भू-भागका केही स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको तथा प्रदेश १ र  मधेश प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएकाे छ र

प्रतिक्रिया